You are viewing the translated version of समष्टिगत आर्थिक परिलक्ष्यको प्रक्षेपण.

Rule 23
समष्टिगत आर्थिक परिलक्ष्यको प्रक्षेपण
(१) अर्थ मन्त्रालयले ऐनको दफा १६ को अधीनमा रही योजना आयोगसँग परामर्श गरी आवधिक योजना, मध्यमकालीन खर्च संरचना, वित्तीय र बजेट संरचना समेतको आधारमा देहायको समष्टिगत आर्थिक परिलक्ष्यको वार्षिक र मध्यमकालीन प्रक्षेपण गर्नेछ:-
(क) आर्थिक वृद्धिदर,
(ख) मुद्रास्फीति,
(ग) बचत तथा लगानी,
(घ): मौद्रिक, वित्तीय तथा पूँजी बजारको अवस्था,
(ङ) वैदेशिक व्यापार,
(च) राजस्व परिचालन,
(छ) सार्वजनिक क्रण,
(ज) लगानी, राजस्व, बजेट घाटा र कुल क्रणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात,
(२) अर्थ मन्त्रीले आर्थिक वर्षको आय-व्ययको अनुमान सङ्घीय संसदमा पेश गर्दा उपनियम (१) बमोजिमको समष्टिगत आर्थिक परिलक्ष्यको प्रक्षेपण समेत प्रस्तुत गर्नु पर्नेछ।